सिजी नेटको विशेष अफर

काठमाडौं , भदौ १६ । सिजीनेटले महिलाहरूको लागि लक्षित गर्दै तिजको अफर सार्वजनिक गरेको छ। हालै मात्र नेपाली बजारमा भित्रिएको इनरनेट सेवा प्रदायक सिजी नेटले भदौ १६ देखि ३० गतेसम्म चल्ने गरि महिला ग्राहकलाई विशेष अफर ल्याएको हो ।

उक्त अफरमा ६ महिना वा १२ महिनाको इनटरनेट प्लान सब्स्क्राइब गर्नु पर्ने हुन्छ। उक्र अफरको लागि सस्क्राइब गरिएको प्लान महिलाको नाममा हुनु पर्ने कम्पनीले जनाएको छ ।

उक्त अफर सस्क्राइब गर्दा लक्की ड्र बाट दैनिक रूपमा २ वटा घराएसी सामग्री पुरस्कार प्राप्त गर्न सकिनेछ । यस्तै अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र का साथै ९ जना लाई थप पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्