भोलीबाट काठमाडौं उपत्यकामा सिनेमा हलहरु खुल्ने

काठमाडौं, भदौ १६ ।  काठमाडौं उपत्यकामा  भोलीबाट हल खुल्ने भएका छन् । बैशाखको पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलीबाट संचालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यलयले गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले चलचित्र घरहरु संचालन गर्न दिने निर्णय गरेको हो ।

सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु खोल्ने दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । हलहरुले सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना भने गर्नुपर्नेछ ।

दोश्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु संचालनमा आउन लागेका हुन् ।  यसैबीच लामो समयदेखि जारी काठमाडौं उपत्यकाको निषेज्ञा पनिहटाएको छ ।

प्रतिक्रिया दिनुहोस्