कृषि विकास बैंकद्वारा चोखेलका ८३ किसानलाई किसान क्रेडिट कार्ड वितरण

काठमाडौँ , भदौ १७ । कृषि विकास बैंकले काठमाडौको दक्षिणकाली नगरपालिकाको वडा नं। ३ चोखेलमा ८३ जना किसानलाई किसान क्रेडिट कार्ड वितरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी अनिल कुमार उपाध्यायले प्रारम्भीक रुपमा ८३ वटा कार्ड किसान ग्राहक महानुभावहरुलाई उपलव्ध गराएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाईदाका बारेमा प्रकाश पार्दै बैंकले उपलव्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताए ।

उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत लामो इतिहास बोकेको नेपालको पुरानो विधुत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्वीन वडाका वडा अध्यक्षलाई हस्तान्त्रण समेत गरे ।

उक्त कार्यक्रमका सभापति तथा वडाअध्यक्ष शिवभक्त बलामीले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले उपलव्ध गराएको सेवा प्रति आभार व्यक्त गरे ।

आगामी दिनमा पनि बैंकले यस्तै प्रकृताका सेवाहरु विस्तार गर्दै जानसकोस भनि बैंक थप प्रगतिका लागि शुभकामना समेत व्यक्त गरे ।

सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक लि। का विभागीय प्रमुख द्धय गिरिधारी पौडेल, सुन्दर खतिवडा, बैंकका सदभावना दुत आश्रा कुंवर, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख प्रज्वल भट्टराई, विरेन्द्र यादव , कृषि विकास बैंक लि।का अन्य कर्मचारीहरु उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लि। बागमति प्रदेशका प्रदेश प्रमुख जगदिश्वर पन्थीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन कृषि विकास बैंक लि।शाखा कार्यालय कालिमाटीका प्रबन्धक बेदानन्द दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्