भरत थापाको नयाँ देउडा गीत ‘न सुवा पट्टिन्छै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ १७ । सर्जक तथा गायक भरत थापाको ‘न सुवा पट्टिन्छै’ बोलको मौलिक देउडा गीत सार्वजनिक भएको छ । बिहिबार म्युजिक टिभि नेपाल युटुब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो ।

गायक थापा र गायिका कल्पना बिसि को आवाज रहेको सो गितमा सर्जक हर्क बिवश खनालको शब्द तथा गायक थापाको संगीत रहेको छ ।

रमेश बिजुली बिसिको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनय पनि निर्देशक स्वयम् विसिले नै गरेका छन भने उनलाई मोडल झरना बोहराले साथ दिएकी छिन । उक्त गितमा ठट्यौली गर्दै युवा युवति बिचको माया प्रेमको चर्चा गरिएको छ ।

म्युजिक भिडियोलाई पिआर जोशिले छायांकन तथा सम्पादन गरेका हुन ।विगतका देउडा गितहरू जस्तै यो गितपनि दर्शकहरूको रोजाईमा पर्न सफल हुनेछ भन्ने आशा गरिएको छ ।

पश्चिमेली भाषा कला सँस्कृति उजागर गर्ने उदेश्यले प्रस्तुत गरिएको सो गितको भिडियो कैलालीका बिभिन्न रमणिय स्थानहरूमा छायांकन गरिएको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्