काँग्रेस महाधिवेशन शुभारम्भका लागि देउवा पुगे भक्तपुर

काठमाडौँ , १८ भदौ । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वडा अधिवेशनको शुभारम्भ गर्दै छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ५ को सिर्जना नगरमा वडा अधिवेशन शुभारम्भ गर्न लागेका हुन् ।

त्यस्तै आजै देउवाले मध्यपुर ठिमी नगरपालिकाको वडा अधिवेशनमा पनि सहभागी हुने कार्यक्रम छ । काँग्रेसका अन्य शीर्ष नेताहरु पनि विभिन्न वडा अधिवेशनमा सहभागी हुने भएका छन् । वडा अधिवेशनका लागि अधिकांश केन्द्रीय नेताहरु जिल्ला गएका छन् । शुक्रबार देशभर काँग्रेसको वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियाको थालनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्