नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट पनि हेर्न सकिने

काठमाडौँ , २० भदौ । नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट पनि हेर्न सकिने भएको छ ।

खेल प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रो बीच सहकार्य भएको कम्पनीले जारी गरेको विज्ञप्तिले जनाएको छ । विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल–भर्सेस इन्डिया फ्रेन्डली म्याच मा क्लिक गर्नुपर्नेछ ।

यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ । त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकेट खरिद गर्ने र ‘वाच नाव मा थिच्नु पर्नेछ। यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिने भने सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ । नेपाल र भारतबीच बिहीबार पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामै भएको थियो भने सो खेल दुबै टोलीले बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्