बैंक अफ काठमाण्डूको कुशे औँसी र तीजलक्षित नगद फिर्ता योजना

काठमाडौं, भदौ २० । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औँसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरमा नगद फिर्ताको योजना ल्याएको छ।

फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा बैंकले नगद फिर्ता योजना ल्याएको हो।

योजनाअन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा पाँच सय रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन्।

योजनामा कसरी सहभागी हुने?

ग्राहकले नगदफिर्ता योजनामा सहभागी हुनको लागि अनलाइन अर्डरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङ्गमार्फत क्युआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत इकम (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ।यस नगद फिर्ता योजना भदौ २० देखि सुरु भइसकेको छ। भदौ २४ गतेसम्म लागू हुने बैंकले जनाएको छ।

यस नगद फिर्ता योजनामा सहभागीपश्चात् प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा पाँच सय रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ।ग्राहक महानुभावहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन्।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्