एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, नेता, कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं, भदौ २१ । एमसीसी पारित गर्ने गृहकार्यमा सरकार लागी परेको छ । तर यता एमसीसीको विरोधमा चर्को विरोध भइरहेको छ । यो नेपाली जनतालाई मान्य नहुने अडान यति बेला धेरैले लीएका छन् । यसका विरुद्ध आन्दो चर्कने संकेत पनि देखिसकेको छ । यसैबीच अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ ।

दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दिउँसो महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्तेलगायतका चर्का नाराबाजी गरेका थिए ।

अखिल ९क्रान्तिकारी०ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ । यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्