निर्देशक सुदर्शन थापाले गरे मोडल कटुवालसँग इंगेजमेन्ट, (हेर्नुस तस्बिर)

काठमाडौं, भदौ २१ । चलचित्र निर्देशक सुदर्शन थापाले इन्गेजमेन्ट गरेका छन् । उनले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् ।सुदर्शनको जन्मदिनको अवसर पारेर उनीहरुले एकअर्कासँग औंठी साटेका छन् ।

लामो समयदेखि प्रेममा रहेका सुदर्शन सुप्रियाले काठमाडौंको र्‍याडिसन होटलमा औंठी साटासाट गरेका छन् ।इन्गेजमेन्ट कार्यक्रममा सुदर्शन तथा सुप्रियाको पारिवारिक उपस्थिति थियो । सुदर्शनले केही चलचित्रमा अभिनय गर्नुका साथै सफल चलचित्र निर्देशन गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा माहिर मानिन्छन् । ‘मेरो एउटा साथी छ’देखि सुरु भएको सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा झनै उचाइमा पुगेको छ ।

चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका सुदर्शनले पर्दामा थुप्रै जोडीको प्रेम र विछोडको कथा देखाएका छन् ।

सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ ।सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् ।

उनले दर्जनौ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् । सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।

सुदर्शन र सुप्रिया केही महिनादेखि डेटमा रमाइरहेपनि उनीहरुले सम्बन्धलाई भने गोप्य राखेका थिए ।

फोटो थापाकै फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्