थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि , २० जनाको मृत्यु

काठमाडौं, भदौ २१ । काठमाडौँ । नेपालमा थप १८९७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १४८८ र एन्टीजेन परिक्षणबाट ४०९ गरि कुल १८९७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७४३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४।६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

देशभर अहिले २६० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११६०९ पिसिआर र ४३७० नमुना एन्टीजेन परिक्षण गरि कुल १५ हजार ९७९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ९७३ पुगेका छन् ।  त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ६२ जना रहेका छन् भने होम आइसोलेसनमा २८ हजार ९११ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ५१२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६४३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी ४१८ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा १०१ र ललितपुरमा १२४ संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ७ हजार ५२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४ हजार १५८, भक्तपुर जिल्लामा १३३९ र ललितपुर जिल्लामा २०२६ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्