ओडीआई क्रिकेट मा नेपालले पपुवा न्यु गिनीविरुद्ध बलिङ गर्दै

काठमाडौँ , २२ भदौ। नेपाल र पपुवा न्यु गिनीबीचको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेल ओमानमा सुरु भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनीसँग पहिलो ओडीआई खेल खेलेको हो ।

ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेको नेपालले त्यसअघि तयारी स्वरुप पीएनजीसँग दुई ओडीआई खेल्न लागेको हो ।

नेपाल तर्फ को टीममा ज्ञानेन्द्र मल्लकप्तान, कुशल भुर्तेल, आसिफ शेख , विकेटकिपर, आरिफ शेख, शरद भेषावकर, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने रहेका छन् । भने आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवले ओडीआईमा डेब्यु गरेका छन् । ​त्यस्तै आसिफले डेब्युमै विकेटकिपङ सम्हालेका छन् । विनोद भण्डारी र करण केसीलाई खेलाएको छैन

प्रतिक्रिया दिनुहोस्