थप १, ६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १, ६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २,०७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८७९ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये १५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५१४ जना आईसीयूमा रहेका छन् ।यसैबीच गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५१९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका ३६४, ललितपुरका ८९ र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  हाल नेपालमा ३० हजार ३०३ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्