सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं , भदौ २२ । सनराइज बैंकले थप २ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको बैंकले सोही क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १५ सोकनाह बजारमा ८८ औँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।

यस्तै सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ तित्रिवनमा पनि ८९ औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६१ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्