बोटलर्स नेपाल (तराई) लिमिटेड बेस्ट–प्रिजेन्टेड एनुअलरिपोर्ट अवार्ड २०२० जित्न सफल

काठमाडौं, भाद्र २२ । नेपालचार्टर्ड एकाउन्टेन्ट्सअफ नेपाल(आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड”बाट सम्मानित गरेको छ।

उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमाउत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मानप्रदानगरिएको हो ।बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गतबर्षपनिआईसीएएनले त्यहीश्रेणीमा उप–विजेताको रुपमापुरस्कृत गरेको थियो ।

कर्पोरेट प्रशासन र अनुपालनबोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमास्थापित रहेका छन्।बोटलर्स नेपाल (तराई) लिमिटेडको विश्वास छ कि उपभोक्ताहरु, आपूर्तिकर्ताहरु, र शेयरधारकहरु सहितसबै सरोकारवालाहरु संग सम्बन्धबनाइराख्नु निकै महत्वपूर्ण छ।२०२० को लागीबीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुबै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो।

भाद्र १३, २०७८माआईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्डसम्मानितइन्स्टिट्युट अफचार्टर्ड एकाउन्टेन्ट्सअफ नेपाल(आई.सी.ए.एन) का अध्यक्षसीए मदनशर्माज्यूले श्री राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र श्री अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडकाफाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन् ।

यस अवार्डका बारेमाबोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशकप्रदीप पाण्डेले भन्नुभयोे, “बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानितहुनपाउँदानिकै गर्वान्भितभएका छौं । म सम्पूर्ण टीमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीहरुको दैनिकजीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापारको सञ्चालनगर्न लागी पर्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्