एमाले संसदीय दलको बैठक जारी

काठमाडौ ,२३ भदौ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ । बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक जारी रहेको प्रमुख सचेतक विशाल भट्टरार्ईले जानकारी दिए । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीलाई सभामुख सापकोटाले वेवास्ता गरेको भन्दै एमालेले सर्वोच्चमा मुद्दा नै हालेको छ । संसद् बैठक चार बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्