कांग्रेस महाधिवेशन रोक्न माग गरिएको मुद्दामा तेस्रोपटक पेसी तोकियो

काठमाडौं, भदौ २३ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गरिएको रिटको सुनुवाइका लागि तेस्रोपटक पेसी तोकेको छ।

सर्वोच्चले बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलास तोकेको हो।बागमती प्रदेशको प्रदेश सभा सदस्य नेपाली कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको छ।

कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ बाट वडा तहको अधिवेशन सुरु भइसकेको छ। मुद्दामाथि यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ भने हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्