तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार हुने

 

काठमाडौं, भदौ २३ । तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । एनआईविएल एस क्यापिटलका अनुसार मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको सेयर बाँडफाँट शुक्रबार गर्ने तयारी थालेको हो।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन् । बाँकी आवेदकले भने पाउने छैनन्।

हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्