एमालेले काँचुली फेरेको हो, फुटेको हैन : विष्णु पौडेल

काठमाडौं, भदौ २३ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभई काँचुली मात्रै फेरेको बताएका छन् ।

बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले समाजवादीको नाममा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताए ।

‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तो मात्रै हो ।’

नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने पनि उनले दाबी गरे । नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन उनले आग्रह गरे ।

एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आएपछि एमालेको धारणा तय हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्