सुतिरहेका बेला इन्डोनेसियाको एक जेलमा आगलागी, ४१ कैदीको जलेर मृत्यु

काठमाडौँ, भदौ २३ । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा भीषण आगलागी भएको छ ।

आज बिहान २ बजेतिर टाङेर्‍याङ जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी सुतिरहेका बेला आगलागी भएको जनाइएको छ । आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो ।

घटनामा दर्जनौं घाइते भएका छन् । आगलागीको कारण खुलेको छैन । तथापि विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्