एमसीसीका विरुद्ध २२ दलीय गठबन्धनले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं ।अहिले चर्चाको विषय बनेको छ , अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  ! हो यसैका विरुद्ध २२ दलीय गठबन्धनले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर-पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा होमीएका थिए ।

प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (माले)का अध्‍यक्ष सीपी मैनाली लगायत सहभागी थिए । पछिल्लो सयम सरकारले यसका विरुद्ध चर्को विरोध भइरहेको छ । जनताबाट यो सम्झौता खारेज गर्न आवाज उठी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्