प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित , एमालेको अवरोध

काठमाडौँ , भदौ २३ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध जनाएका थिए ।त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए ।

भट्टराईले एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई बचाएको, एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुख सापकोटाको जवाफ मागेका थिए ।

त्यसपछि सापकोटाले जवाफ सुरु गरे पनि एमाले सांसदहरुले रोस्ट्रम अगाडि नाराबाजी नाराबाजी गरेका थिए । नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्