थप १, ६४० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु , २, १६१ संक्रमणमुक्त

काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १, ६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा २ हजार १६१ जना निको भएका छन् । यता काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्