नेपाल र पपुवा न्युगिनीको दोस्रो मैत्रीपूर्ण खेल आज, कसले मार्ला बाजि ?

काठमाडौं, भदौ २५ । नेपालले आईसीसी विश्वकप लिग २ को तयारीका लागि खेलिरहेको पपुवा न्युगिनीसँगको दोस्रो खेल आज शुक्रबार खेल्दैछ।

नेपालले ओपनको अल इमिरेत मैदानमा आज पहिलो पटक डे–नाइट क्रिकेट खेल्न लागेको हो।खेल नेपाली समयअनुसार पौने ४ बाट सुरु हुँदैछ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो।

आज दोस्रो खेलमा पनि जित निकाल्दै नेपाली टिम दुई खेलको सिरिजमा क्लिन स्विप गर्ने योजनामा छ। यता पपुवा न्युगिनी पनि आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्न चाहन्छ।

पहिलो खेलमा नेपाली टिमको ओपनिङ कुशल भुर्तेल र आशिफ शेखले सम्हालेका थिए। यता बलिङतर्फ सन्दीप लामिछानेले चार विकेट लिएका थिए।

यी दुई मैत्रीपूर्ण खेलपछि अमेरिका र घरेलु टिम ओमनसँग २–२ खेल खेल्नेछ। लिग २ अन्तर्गतको त्यो खेल अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोटसमेत हो।

प्रतिक्रिया दिनुहोस्