आजबाट खुल्यो पशुपतिनाथको मन्दिर

काठमाडौं, भदौ २५ । दोस्रो लहरको कोरोना महामारीका कारण बन्द भएको पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । करिब चारमहिना पछि भक्तजनका लागि मन्दिर खुला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाका अनुसार क्षमापूजा गरेर आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो । “मूल मन्दिर परिसर आज विहान साढे ५ बजेदेखि खुला गरिएको छ । स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गनुपर्ने छ । अहिले कोरोना संक्रमण फैलने जोखिम कायमै रहेकाले दिउँसो १ बजेसम्म मात्रै मन्दिर खुला गरिनेछ,” उनले भने ।

कोषका अनुसार एकपटकमा २५ जनाभन्दा धेरै भक्तजनलाई मन्दिर प्रवेश गराइने छैन । यसका लागि कोषले एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्