प्रतिनिधिसभा बैठक : एमाले सांसदको नाराबाजीबीच सभामुखले बैठक अघि बढाए

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

शुक्रबार बसेको पहिलो बैठक एमाले सांसदको अवरोधपछि १५ मिनेट स्थगित गरिएको थियो । दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०६८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए ।

एमालेका सांसदको नाराबाजी भइरहेकाले आफूले सूचना प्रस्तुत नगर्ने सांसद सुवालले बताए ।

एमाले सांसदको नाराबाजी भइरहँदा गृहमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेस गरेका छन् । सो अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्