विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या

काठमाडौं,  विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् ।

राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ ।

आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (आइएएसपी) ले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो । प्राध्यापक इरविन रिंगेल र डा. नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए । आत्महत्या रोक्न प्रतिबद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन ।

विश्वमा हरेक वर्ष विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्