कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

काठमाडौं , २५ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ ।

२ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञवाली जिल्लाकै कान्छो वडा सभापति बनेका छन् । ज्ञवाली रामपुर नगरपालिका(३ को वडाबाट सर्वसम्मत नेतृत्वमा पुगेका हुन् ।

ज्ञवाली विद्यार्थी राजनीतिदेखि तरुण दल हुँदै सक्रिय राजनीतिमा लागेका थिए । नेपाल तरुण दल रामपुरका सहसचिव समेत रहेका ज्ञवाली नगरभित्रका हरेक गतिविधिमा स्पष्ट धारणा राख्ने सक्रिय व्यक्तिको रुपमा चिनिएका थिए । वडा सभापतिमा निर्वाचित ज्ञवालीले आफू नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताए ।

ज्ञावलीले भने, ‘विगतदेखि नै समाजिक कार्यमा सक्रिय भएर लाग्दै आएको छु । म नामको लागि होइन समाजमा युवाको तर्फबाट केही गर्छु भनेर सक्रिय राजनीतिमा आएको हुँ ।’ ज्ञवालीले आफू सिकाईको चरणमा रहेको भन्दै अग्रजहरुको सुझाव र सल्लाहअनुसार अघि बढ्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्