आज पनि संसद्मा एमालेको अवरोध : सभामुखको अपिल– वार्ता गरौँ, बैठक अवरोध नगरौँ

काठमाडौं । नेकपा (एमाले)का सांसदले आज पनि संसद्मा अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘संसद्को कारबाही प्रारम्भ हुन्छ’ नभन्दै उनीहरू संसद्को बेलमा पुगेका थिए ।

उनीहरूले सभामुखले ‘प्रतिनिधिसभाको आजको कारबाही सुरु हुन्छ’ भन्नासाथ बेलबाट नाराबाजी सुरु गरेका हुन् ।यता सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् ।

आइतबारको बैठकमा पनि एमाले सांसदले अवरोध जारी राखेपछि बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका हुन् ।

तर नेकपा एमालेले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै वेल घेराउ गरेको छ ।

“सहकार्य र समन्वय गर्नैपर्छ । बैठक सहज बनाऔँ,” उनले भने, “संवादतिर जाऔँ । वातावरण सहज बनाऔँ । जनताको सर्वोच्च संस्थालाई त्यही थलको रुपमा अघि बढाऔँ ।”

प्रतिक्रिया दिनुहोस्