लोसपाका नेता ठाकुर, महतो र फातिमाबीच भेटवार्ता, यस्तो भयो कुराकानी

काठमाडौं, भदौं २७ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छन् । आज  उपाध्यक्ष फातिमाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोसँग भेटघाट गरेकी छिन् ।

भेटका क्रममा एमसीसीबारे छलफल भएको जनाइएको छ । यसअघि फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका नेता उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटावार्ता गरेकी थिइन् ।

देउवासँगको भेटपछि उनले एमसीसी र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुबारे छलफल गरेको ट्वीटमार्फत जानकारी दिएकी थिइन् । एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्