संसद अवरोध गर्दै आएको एमालेसँग सभामुखले थाले छलफल गर्न सुरु

काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री राखेर एमाले सांसदहरुसँग छलफल सुरु गरेका छन् ।संसदको बैठक सुरु भएको यही भदौ २३ यता एमालेले लगातार संसदको अवरोध गर्दै आएको छ ।

आजको बैठक पनि एमाले सांसदकै अवरोधका कारण चल्न नसकेपछि १५ मिनेका लागि बैठक स्थगित गरेर सभामुखले एमाले सांसदहरुसँग वार्ता सरु गरेका हुन् ।

सभामुखले आफ्नै चेम्बरमा गरेको छलफलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाइ पनि राखेका छन् ।एमालेबाट भने प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र नेता खगराज अधिकारी रहेका छन् ।

नेकपा एमालेले कारवाही गरिसकेपछि नयाँ पार्टी बनाएका माधव नेपालसहितका १४ सांसदलाई संसदमा प्रवेश गराए संसद अवरोध गर्ने निर्णय २३ भदौमै गरेको एमालेले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर भन्ने नाराबाजीसहित संसदको बैठक अवारोध गर्दै आएको छ ।

एमालेले कारवाही गरेका सांसदलाई जोगाएको भन्दै सभामुखकै राजीनामाका कुरा उठाउँदै आएको एमालेले संसदको बैठकमा भने त्यो विषय राखिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्