संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

काठमाडौं , भदौ २७ । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । बैठमा एमाले सांसदले लगातार नाराबाजी सँगै बैठक अवरुद्ध गरिरहेका छन् ।

एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले अस्ती र आज नाराबाजी गरेका हुन् ।

संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्