प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’, देउवा : ओलीजीलाई साेध्नुहाेला

काठमाडौँ , भदौ २७ । पछिल्लो समय प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । आइतबार संसदको बैठक सुरु भए लगत्तै एमाले सांसदरूले नाराबाजी गरे ।

आज भएको नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी भए । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए ।तर, आइतबार भएको नारबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भए ।

सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक चल्ने वातावरण बनाउन आग्रह गरिरहेका थिए । तर, यसलाई बेवास्ता गर्दै एमाले सांसदहरूको नाराबाजी चलिरह्यो ।

सभामुख सापकोटाले आफूले नागरिक सर्वोच्चतता कायम गरेको र बैठकमा अवरोध सृजना गरेर अरु सांसदको बोल्न अधिकार कुण्ठित नगर्न आग्रह गरेका थिए । तर पनि संसादहरुले मानेन् र आजको बैठक २९ गते सम्मलाई स्थिगित भयो । यता प्रतिनिधिसभाको बैठक बेरोकटोक चल्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न प्रधानमन्त्री शेरबहादुर देउवाले सुझाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले– ‘प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधामन्त्री शेरबहादुर देउवाले – ‘ओलीजीलाई सोध्नुहोला’ भनेर संक्षिप्त प्रतिक्रिया दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्