मञ्जुश्री फाईनान्सको चार शाखा एकैदिन शुभारम्भ

काठमाडौ. । मञ्जुश्री फाईनान्सले एकै दिन चार शाखाको शुभारम्भ गरेको छ । फाईनान्सले आफ्नो बाह्रौं,तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको हो । फाईनान्सको सञ्चालक समिति अध्यक्ष तथा सञ्चालक समिति सदस्यले शाखा कार्यालयको उद्घाटन गरेका हनु् ।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान, पोखरा र विरगञ्ज मा ११ वटा शाखा सञ्चालनमा रहेका थिए । अब फाइनान्स्को ४ सहित शाखा संख्या १५ पुगेको छ । ।
२०७८ असार अषाढ मसान्त सम्मको अपरिकृष्ठ वित्तिय विवरण अनुसार रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्