एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उप–नेतामा खनाल चयन

काठमाडौँ , २८ भदौ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको बैठकले संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार हेटौँडामा बसेको बैठकले खनाललाई संसदीय दलको उपनेता चयन गर्ने निर्णय गरेको हो ।

खनाल गत भदौ २ गते गठन भएको नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेका थिए ।

नेता खनालले भदौ १६ गते प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा उपस्थित भएर एकीकृत समाजवादी पार्टीमा सनाखत गरी भदौ १७ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै दलको प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गर्ने निर्णय गरेको छ भने बसुन्धारा हुमागाईलाई सचेतकमा सर्वसम्मतिले चयन गरिएको छ ।

त्यस्तै बैठकले बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि दलका नेता राजेन्द्र पाण्डेलाई समन्वय गर्ने जिम्मेवारी समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्