कोभिडको जोखिममा बालबालिका, सुरक्षित बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले १८ वर्षमुनिका बालबालिकाका कोभिड-१९ को जोखिममा रहेको बताएकी छन् । उनीहरूका लागि कोभिड विरुद्धको खोपको व्यवस्था हुन नसक्दा जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बाल अधिकारको संरक्षणमा आ(आफ्नो भूमिका निभाउन आह्वान गरेकी छन् ।

राष्ट्रिय बाल दिवस, २०७८ को शुभकामना सन्देश जारी गर्दै भण्डारीले कोभिड(१९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीका कारण बालबालिकाको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएको चर्चा गरेकी छन् । ुअझ देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाले अनलाइन कक्षाबाटसमेत बञ्चित हुनु परेको अवस्था छ,ु उनले भनेकी छन् ।

नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष २९ भदौमा राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ ।

यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषय समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षण जस्ता विषयमा काम भइरहेका छन् ।

ुबालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी हो।ु भण्डारीले भनेकी छन्, ुबालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व हो ।ु

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्