बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृशोक

काठमाडौँ , २९ भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक परेको छ ।

सोमबार प्रधानमन्त्री जोन्सनकी ७९ वर्षीया आमा शारलोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा निधन भएको स्थानीय पत्रिका टेलिग्राफले जनाएको छ ।

प्रधानमन्त्री जोन्सनकी आमा व्यावसायिक चित्रकारसमेत हुन् । ४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शार्लोटले आफ्नो चित्रकारीतालाई भने निरन्तर अगाडि बढाएकी थिइन् ।

उनका चार सन्तानहरु प्रधानमन्त्री बोरिस जोन्सन, पूर्व विश्वविद्यालय मन्त्री जो, पत्रकार र्याचेल र पर्यावरण अभियानकर्ता लियो हुन् ।

सन् १९४२ मा जन्मिएकी श्रीमती शार्लोट जोन्सन वाहका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्ष थिए ।

विभिन्न राजनैतिक तथा वरिष्ठ व्यक्तित्वहरुले प्रधानमन्त्री जोन्सन तथा उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्