माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, के छ एजेण्डा ?

काठमाडौ, भदौ २९ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो। बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ। सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्