अमेरिकाको ओहायोमा आगलागी, पाँच नेपाली भाषी भुटानीको मृत्यु

काठमाडौं, भदौ २९ । अमेरिकाको ओहायोस्थित एक्रोनमा आगलागी हुँदा ५ जना नेपालीभाषी भुटानीको मृयु भएको छ ।

मृत्यु हुनेमा तीनजना बालबालिका समेत रहेका त्यहाँस्थित प्रहरी अधिकारीहरुले जनाएका छन्। आगलागीमा परेर उक्त घरमा रहेका अन्य ४ जना घाइते भएका छन्।

यो आगलागीमा ज्यान गुमाउनेहरुमा ५ वर्षीय, ११ वर्षीय र १६ वर्षीय बालबालिका छन्। ज्यान गुमाउने अन्य दुईजनामा ६० वर्षीय पुरुष र ४८ वर्षीया महिला पनि रहेका छन्।

घाइतेहरुको एक्रोनकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै घाइते सर्वजीत सुब्बासहित सबैको स्वास्थ्यलाभको कामना गरेका छन्।

घरमा आगोको ठूलो ज्वाला देखेपछि छिमेकीहरु दौडिएर पुगेका थिए। त्यसपछि तत्कालै उद्धारकर्मीहरुलाई बोलाएर उद्धार थालिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्