आउनै लाग्यो दसैँ, अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउन प्रस्ताव

काठमाडौँ , भदौ २९ । नेपालीहरुको महान पर्व दशै आउन अब लगभग एक महिना मात्रै छ भन्दा फरक नपर्ला , यसकारण पनि अब काठमाडौंमा रहेकाहरु उपत्यका छोड्ने तम्तयारी अवस्थामा रहेका छन् ।

कोरोना महामारीका कारण गत वर्षको दर्शै सोचेको जस्तो भएन् । सरकारले जो जहाँछौं त्यहि बसेर मनाउन भनेको थियो यसकारण धेरै आफ्नो ठाउँ गाउँ घरमा जान पाएनन् ।

तर यो वर्ष भने कोरोना केहि कम भएको छ । यसक कारण केहि मनमा खुशि र हर्ष भने पक्कै छाएको छ । यसैबीच दसैँको अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खुलाउन प्रस्ताव गरिएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरूसँगको पहिलो चरणको छलफलमा असोज ९ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने प्रस्ताव गरेको हो ।

विभागका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि छलफल भएको छ । कोरोना महामारीको अवस्था हेरेर यात्रुहरूलाई सुरक्षित घर पुर्‍याउन पुनः छलफल गरेर टिकट बुकिङको मिति सार्वजनिक गरिने विभागले जनाएको छ ।

यातायात व्यवसायीहरूले भने दशैँमा घर जाने यात्रुको चाप हेरेर निर्णय लिइने बताएका छन् । यसबारेमा दोस्रो चरणको छलफल गरेर मात्रै अग्रिम टिकट बुकिङको टुङ्गो लगाउने व्यवसायीहरूको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्