एमालेलाई सरकाबाट हटाउने काम माधवकुमार नेपालले नै गरेका हुन्ः अध्यक्ष ओली

काठमाडौं, भदौ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन्।

मंगलबार झापाको विर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले आगामि चुनावमा वडा सदस्य पनि नजित्ने बताएका हुन्।

उनले नेकपा एमालेलाई सरकाबाट हटाउने काम एमाले भित्रैबाट माधवकुमार नेपालले गरेको बताए। के आधारले माधव नेपाललाई भोट दिने भन्दै उनले १४ महिना पछि भएपनि निर्वाचन हुने र त्यतिवेलै माधव नेपालले आफ्नो हैसियत देख्ने उनको भनाई छ।

‘माधवकुमार नेपालले आगामि चुनावमा आफ्नो हैसियत देख्छन्’ ओलीले भने‘ माधव नेपालले वडा अध्यक्ष त के वडा सदस्य पनि जिददैन्।’ माधव नेपालले कहिलै पार्टी हितमा काम नगरेको ओलीको टिप्पणी छ।

माधवकुमार नेपालले पहिले नेतृत्व लिंदा पनि पार्टीको हितमा काम नगरेको उनले बताए। माधव नेपालले नेतृत्व गर्दा २ सय ४० सिटमा ३३ सिटमा एमालेलाइए झारेको, १६ वर्ष एमालेको नेतृत्व गरेपनि पार्टीको हितमा काम नगरेकै कारण असक्षम भएर पार्टीको महासचिव र प्रधानमन्त्रीबाट राजीनामा दिएको आरोप लगाए।

उनले भने ‘माधव नेपालले सँधै पार्टीलाई रसातमै पुर्‍याउन भूमिका खेलेका कारण माधव नेपाल चोइटिएर जाँदैमा पार्टीलाई कुनै असर गर्दैन।’

पछिल्लो समय ओली र नेपालबीच भनाभन चलीरहेको छ । एमाले विभाजन हुँदा दुबैले एकएर्काप्रति आरोप प्रत्यारोप लगाइरहका छन् ।

प्रतिक्रिया दिनुहोस्