थप १, ५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु, निको कति भए ?

काठमाडौं, भदौ २९ । बितेको २४ घण्टामा देशभर १ हजार ५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोहि अवधिमा १ हजार ५८९ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्