लेखराज भट्टले भने- एमाले सुदूरपश्चिम इन्चार्ज म नै हुँ , भीम रावलसँग कुनै मतभेद छैन

काठमाडौं, भदौ २९ । नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका छन् । मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै सुदूरपश्चिम प्रदेश पार्टीको इन्चार्ज भएको बताएका हुन्।

‘मलाई अध्यक्षज्यूले तपाईं नै प्रदेशको इन्चार्ज भनेको हो,’ उनले भने, ‘भीम रावललाई संयोजन गर्ने जिम्मेवारी हो, मेरो भीम रावलसँग कुनै मतभेद छैन।’

साथै उनले आफूलाई पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी दिएकाले भ्रममा नपर्न पनि आग्रह गरेका छन् । एमाले विभाजनपूर्व भीम रावल माधव नेपाल समूहमा रहेका थिए। विभाजनमा नेपाललाई साथ नदिएका रावल भट्टलाई प्रदेश इन्चार्ज बनाउँदा असन्तुष्ट रहेका छन् । अहिले ओली र रावलबीच टकराव उत्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्