दैलेखमा घाँटी रेटेर शिक्षकको हत्या

काठमाडौं, भदौ २९ । दैलेखमा घाँटी रेटेर शिक्षकको हत्या गरिएको छ ।

गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

४२ वर्षीय उनको शव विद्यालयको बरन्डामा फेला परेको बताएको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।

उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्