काठमाडौंमै बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट, श्रीमान्‌सहित ४ जना पक्राउ

काठमाडौं, भदौ २९ । संघीय राजधानी काठमाडौंमै बोक्सी भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको छ। बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडित महिलाका श्रीमान्‌सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान्, दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

घटना भदौ २० गतेको हो। स्वयम्भू ठूलोभर्‍याङ बस्दै आएका थिङ झारफुक गर्ने व्यक्ति भएका पाइएको छ। ललितपुर लुभुकी ३० वर्षीया महिलालाई पेट दुख्ने समस्या देखिएपछि उनका श्रीमान्‌ले पाण्डेले चलाउँदै आएको ट्याक्सीमा राखेर थिङ निवास ठूलोभर्‍याङ पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्