चुनावपछि फेरि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : प्रचण्ड

काठमाडौं, भदौ ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षधरहरूबीच मोर्चा बनेको बताएका छन्।

बुधबार स्वर्गीय नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रका पक्षधर पार्टीहरू एक ठाउँमा आएको बताएका हुन्।

गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिनेसमेत प्रचण्डको दाबी छ। उनले जसरी पनि गठबन्धनलाई बचाउनु पर्ने बताए। उनले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए।

कार्यक्रममा बोल्नै प्रचण्डले अब पार्टीका नेता कार्यकर्ताहरूले आफैले आफैलाई गाली गर्नुपर्ने बताएका छन्। पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैलाई गाली गर्नुपर्ने अवस्था आएको उनको धारणा छ।

विगत ८, १० वर्ष अरुलाई गाली गरेर बिताइएकोमा अब पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेको उनले बताए। उनले केन्द्रीय समितिबाट गरिएको संकल्पम अनुसार पार्टी हिँड्यो भने आगामी निर्वाचनमा एक नम्बरको पार्टी बन्ने दाबी गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्