सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङबीच सम्झौता

काठमाडौं, भदौ ३० । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

योसँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरूमार्फत निक्षेप सदस्यतासम्बन्धी कार्य सञ्चालनमा ल्याउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्