त्रिपुरासुन्दरी गाउँपालिका,मेगा क्यापिटल,मेगा बैंक र धादिङ उद्योग वणिज्य संघ बीच सहुलियतपुर्ण कर्जा सम्बन्धी सम्झौता

काठमाडौँ , भदौ ३० । मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल , त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघ बीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा धादिङ स्थित एक समारोहका बिच मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका लघु तथा कृषि कर्जा प्रमुख पुण्य प्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा र धादिङ उद्योग वणिज्य संघका कार्य समिति सदस्य सुमन घरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघसंग आबद्ध उद्योग व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपुर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपुर्ण कर्जा प्रदान गर्नेछ ।

जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

मेगा बैंकले स्थापनाकाल देखि नै “हलो देखि हाइड्रो सम्म” भन्ने नाराका साथ विभिन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको छ । यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमी तथा कृषकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा बिस्तारमा सहयोग पुग्नुको साथै उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्