रोकिएन शेयर बजार घट्ने क्रम

काठमाडौँ , भदौ ३० । साताको कारोबारको चौथो दिन नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से ४०.२६ अंकले घटेको छ । आज नेप्से २८८९.०३ विन्दुमा पुगेको छ ।

आज नेप्से सेन्सेटिभ इण्डेक्स ७.१६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २. ९२ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.६१ अंकले घटेको छ ।

आज २२२ कम्पनीको ५ अर्ब ३५ करोड ८ लाख ९७ हजार २५१ कारोबार भएको छ भने आज १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार सबै उपसूचकमा गिरावट आएको छ भने सबैभन्दा बढी फाइनान्सको शेयर २.९८ प्रतिशतले घटेको छ ।त्यस्तै होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, निर्जीव वीमाको शेयर २ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यसैगरी बुधबार मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा ८.२३ प्रतिशतले बढेको छ त्यस्तै राष्ट्रिय बीमा कम्पनिको प्रमोटर शेयर मुल्य सबै भन्दा बढी ७.३० प्रतिशतले घटेको छ ।

त्यस्तै बुधबार अरुण भ्याली हाइड्रोपावरको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सानिमा लाइफको शेयरको १७ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्