कोरोना र भूराजनीतिक मुद्दाका कारण तेलको मूल्य बढ्यो: व्यवसायी

काठमाडौं, भदौ ३० । नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले विश्व बजारमा नै खाने तेल र घ्युको मूल्य बढेका कारण नेपालमा पनि मूल्य बढेको बताएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै घ्यूतेलको मूल्यका सम्बन्धमा सञ्चारमा आएका विषयबारे ध्यानाकर्षण भएको बताउँदै यस्तो प्रस्ट्याएको हो ।

कोरोना भाइरससँगै भूराजनीतिक मुद्दाका कारण कच्चा पदार्थमा मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य बढ्न पुगेको संघले उल्लेख गरेको छ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्ने तर अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपालमा पनि महँगो पर्न भएको संघको जिकीर छ।

यसका साथै नेपाल भित्रने तेलजन्य पदार्थमा १० प्रतिशत भन्सार कर र १३ प्रतिशत भ्याटका कारण पनि थप मूल्यवृद्धि हुन पुगेको संघको भनाइ छ। यस्तै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले पनि ढुवानी खर्च थप हुन पुगेकाले मूल्य बढेको संघले उल्लेख गरेको छ।यद्यपि चलन चल्तिको अन्तराष्ट्रिय मूल्य अनुसार नेपालमा मूल्य कायम हुन नसकेको संघको स्वीकारोक्ति छ।

साथै यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संघले खानेतेलको मूल्य बढेको÷नबढेको सम्बन्धी पटक–पटक वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी दिएको पनि बताएको छ । हाल नेपालमा सञ्चालनमा रहेका २० वटा खानेतेल उत्पादक कम्पनीहरूले उल्लेख्य नाफा नखाई बजारमा तेल पठाएको उनीहरूको भनाइ रहेको छ ।

विगत करिब २० महिना देखी विश्वमा फैलिएको कोरोना महामारी फैलिरहँदा कच्चा तेल उत्पादक देशहरुमा भएको भीषण सुख्खाको कारण र अन्य कारणले कच्चा पदार्थको मूल्य बढेको जारी विज्ञप्ति उल्लेख छ ।

जसले नेपालको बजारमा पनि यसको मूल्यवृद्धिको प्रभाव परेको संघको भनाइ रहेको छ ।
संघले २०२० को अप्रिल महिनामा अर्जेन्टिनामा प्रति मेट्रिक टन ५८९ अमेरिकी डलर रहेको सोयाबिनको कच्चा तेलको मूल्य बढेर अहिले १३९५ डलर पुगेको बताएको छ । यस्तै, सोही अवधिमा युक्रेनमा प्रति मेट्रिक टन ७०४ अमेरिकी डलर रहेको सोयाबिनको कच्चा तेलको मूल्य अहिले १४९५ रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।

त्यसपछि पनि भटमास र सूर्यमुखीको तेलको मूल्य केही समय घटे पनि फेरी उकालो लागेकाले नेपाली बजारमा खानेतेलको मूल्यवृद्धि स्वाभाविक भएको व्यवसायीले बताएका छन् ।

यस्तै, संघमा आबद्ध उद्योगी÷व्यवसायीले बजारमा खानेतेलको कृत्रिम अभाव नगराएको समेत संघले दाबी गरेको छ ।यस्तै अन्य कच्चा तेलका कच्चा पदार्थमा समेत अस्वभाविक रूपमा मूल्य बढेको बताएको छ ।यसरी मुल्य बढ्दा उभोत्ता भने मारमा परेका थिए ।

प्रशोधित खानेतेल उद्योगहरुको स्थिति :

– खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा वढि वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० /– प्रति लि. रहेकोमा हाल सरदर रु ४५ /– भन्दा वढी पुगीसकेको छ ।

-कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रति लि. सरदर रु.२०/– देखी २५/–सम्म वृद्धिको असर पर्न गएको छ ।
-सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।

-हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।

नेपालमा खाने तेलको कच्चा पदार्थको उत्पादन÷उपलव्धता शुन्य नै रहेको हुँदा यहँका उद्योगहरुको कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थमा भएको मुल्यको उतारचढावले गर्दा स्थानिय वजारको मुल्य समेत सोहि अनुसार निर्धारण गर्नुपर्ने वाध्यता रहेको सम्पुर्ण उपभोक्ताहरु लगायत सरोकारवालाहरुमा जानकारी गराउदछौं ।

साथै यस संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना नगरी आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम मुल्यवृद्धि गरेको छैन र आउँदो चाडपर्वमा समेत खानेतेलको पर्याप्त मौज्दात रहेको हुँदा आपुर्तिमा कुनै कमि नहुने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्