कम्युनिष्टबाट मात्रै देशमा तीव्र विकास सम्भव छ : अध्यक्ष ओली

काठमाडौँ , भदौ ३० । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका छन् । एमालेको बुधबार बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको ओलीले बताए । हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छु ओलीले भने ।

सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने उनले बताए ।  सम्बोधन गर्ने क्रममै ओलीले कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणी गरे ।

यस्तै उपमहासचिव विष्णु पौडेलले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा ९एस० लगायतको दलको गठबन्धनलाई कथित भन्दै गठबन्धनलाई एमाले एक्लैले चुनावमा पराजित गर्न ल्याकत राख्ने बताए । पछिल्लो समय अध्यक्ष ओली देश दौडाहामा छन् । हिजो मात्रै उनले झापाको कार्यक्रलाई सम्बोधन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्